सर्वोच्चको फैसलालाई ध्यान दिँदै सुरक्षा व्यवस्थामा कडाई
मेरोन्यूज
२०७८ असार २८ गते १२:३८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको फैसला हुने सम्भावना भएसँगै सुरक्षा तैनाथ बढाइएको छ । आज फैसला सुनाउने सम्भावना भएपछि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

सर्वोच्च अदालत आसपास क्षेत्रमा हतियारसहित प्रहरीको टोली खटाइएको छ । सर्वोच्चबाट रिटको पक्ष वा विपक्षमा जे फैसला आए पनि प्रदर्शन हुने भन्दै प्रहरीले सुरक्षा तैनाथ बढाएको महानगरिय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए ।
‘खासै सर्वोच्चको फैसलालाई ध्यान दिएर सुरक्षा तैनाथ गरिएको होइन्, योभन्दा पहिला पनि सुरक्षा तैनाथ कडा नै हुन्थ्यो,’ उनले भने, ‘केही भइहाले नियन्त्रण गर्न सहज बनाउन अलि बढी सुरक्षाकर्मी तैनाथ गरिएको हो ।’

यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिनमा समेत सुरक्षा तैनाथ उच्च बनाइएको थियो ।

सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया