शनिबार, मंसिर ६, २०८२

कांग्रेसबाट कानूनमा ज्ञानेन्द्र कार्की र गृहमा बालकृष्ण खाँण

मेरोन्यूज २०७८ असार २९ गते १८:१४

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरु अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय छ । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् ।

पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल बनाउने गरी प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले पार्टीबाट गृहमा बालकृष्ण खाँण र कानूनमा ज्ञानेन्द्रबहादुर कार्कीसँगै तीन जनाले शपथ लिने भएका हुन् ।

यता कार्कीले भने आफू पहिला अर्थमन्त्री भएकाले कानूनमन्त्रीमा सन्तुष्ट नभएको जनाएकाे स्रोत बताउँछ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सत्ता साझेदार माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भूसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

टुंग्यायो माओवादी केन्द्रले दुई जना मन्त्रीको नाम

प्रतिक्रिया