ट्रकको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते
मेरोन्यूज
२०७८ असार ३० गते ६:५२

धादिङ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
नौबीसेबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उनका छोरा १० वर्षीय आर्यनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको घटनास्थलमै र बाबुको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
यस्तै दुर्घटनामा घाईते मोटरसाइकल चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षीय जीवन घर्तीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
महादेववेशीमा मोटरसाईकललाई ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले सिम्लेबाट नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया