मैले ‘रअ’का प्रतितिधिसँग भेटेको समाचार भ्रम हो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष भीम रावलले आफूप्रति मन गढन्ते समाचार लेखेर भ्रम फैलाउने काम भएको बताएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतितिधिसँग साँझ ८ बजेदेखि ९ बजेसम्म होटल मेरियटमा भेटेको भन्ने कथित समाचार बनाएर अनलाइन खबरलगायत समाचार संस्थाहरूले प्रकाशन गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘त्यो दिन साँझ ६ बजे म र रघुजी पन्त माधव कुमार नेपालजीको निवासमा थियौँ, हामीले कुरा गरिहेको समयमा विष्णुप्रसाद पौडेलजीको मलाई फोन आयो । उहाँको फोन आएको कुरा उहाँहरू दुवै जनालाई जानकारी गराएँ । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नु भएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुला राखेँ,’ नेता रावलले भने, ‘कोटेश्वरबाट निस्कदा करिब सवा ६ बजिसकेको थियो । त्यहाँबाट म आफ्नो घरमा टोखा गएँ । घर पुग्दा ७ बजिसकेको थियो । घरमा खाना ढिलो हुने भएकाले मैले विष्णुजीलाई फोन गरेर म ८ बजेतिर मात्र पुग्ने खबर गरिदिन आग्रह गरेँ । खाना खाएर तयार हुँदा करिब ८ बजिसकेको थियो । खाना खाएर म बालुवाटार पुग्दा करिब ८ बजेर १५ मिनेट भएको थियो । यस्तो तथ्लाई बंग्याएर म माधव नेपालजीको निवासबाट ८ बजे निस्केको र आधा घण्टा गायव भएर पौने ९ बजे बालुवाटार पुगेको भन्ने मनडढन्ते समाचार लेखेर प्रपञ्च गरिएको छ ।’
यस्तै, केपी शर्मा ओलीले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्तावमा सत्य नभएको बताएका छन् ।


















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया