छोरी जन्मिएपछि आमासहित परिवारले गरे हत्या, ४ जना पक्राउ

काठमाडौँ । बिराटनगरमा छोरी जन्मिएको भन्दै एक परिवारले नवजात शिशुको हत्या गरेको छ । प्रहरीका अनुसार छोरी जन्मिएकाले परिवारका सबै मिलेर हत्या गरेका हुन् ।
हत्यामा संलग्नको अभियोगमा आमासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्बु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।
खुस्बुले गत आइतबार छोरी जन्माएकी थिइन् । उनीहरूले घाँटी थिचेर नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएकी शिशुलाई खुस्बुले आफ्नो आमाबुवाले चलाएको मदिरा पसलभित्र खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उनीहरू उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया