शनिबार, फागुन १६, २०८२

अर्थमन्त्री शर्माको निर्णय : कोरोनाविरुद्धको खोप किन्न ५ अर्ब दिने पत्रमा हस्ताक्षर

मेरोन्यूज २०७८ असार ३० गते १३:३३

काठमाडौँ । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै कोभिडविरुद्धको खोप किन्न बजेट दिने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार स्वास्थ्यबाट आइसीयू, एचडीयू तथा भेन्टिलेटर खरिद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ ।

प्रादेशिक र स्थानीय अस्पताललाई सहमतिअनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।

यस्तै, कोभिडसम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिम भत्तासमेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल अर्थमन्त्री शर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया