बुटवल हिँडेकी युवतीको पटक–पटक बलात्कार, पर्साबाट उद्धार

काठमाडौं । असार २७ गते १९ वर्षीय कल्पना (नाम परिवर्तन) बुटवल जान भन्दै २ वर्षीय छोरासहित कलंकी पुगिन् । कलंकीमा पुगेपछि उनले ना. ५ ख २८७० नम्बरको ट्रकमा बुटवल जान भनेर चडिन् ।
तर, बुटवल जान भनेर हिँडेकी कल्पनालाई ट्रक चालक सुनिल महत्तोले चितवनको रामनगर पुर्याएर बलात्कार गरे । बलात्कारको सिकार भएकी उनलाई उक्त ट्रकका चालकले बुटवल पठाइदिन्छु भन्दै असार २९ गते दिउँसो ना. ५ ख ३३६९ नम्बरको ट्रकमा चडाइदिए ।
ना.५ ख ३३६९ नम्बरको ट्रकले उनलाई बुटवल पुर्याएन । तर, उनलाई पर्साको विरगञ्ज पुर्याए । बुटवल पुर्याइदिने भन्दै झुक्काएर पर्साको वीरगञ्ज पुर्याइएकी उनलाई सोही ट्रकका चालक शिववालक महत्तोले पटक–पटक बलात्कार गरे ।
बलात्कारको सिकार बनेकी कल्पनालाई ती ट्रकका चालकले वीरगञ्ज महानगरपालिका १७ स्थित ड्राइपोर्टमा छाडेर निस्किए । अलपत्र अवस्थामा रहेकी उनलाई प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्धार गर्यो ।
उद्धारलगत्तै थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालकलगायत व्यक्तिहरूले बलात्कार गरेको खुलेपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले वीरगञ्ज महानगरपालिका २१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका ६ बस्ने २५ वर्षीय शिववालक महत्तोलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेकाहरूले कल्पनालाई पटक—पटक बलात्कार गरेको प्रहरी अनुसन्धानले खुलाएको हो ।
घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया