लक्ष्यभन्दा आठ करोड बढी राजश्व सङ्कलन
मेरोन्यूज
२०७८ साउन ३ गते ८:४४

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार रुपैयाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।
सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।
सम्बन्धित

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया