एमाले स्थायी कमिटी बैठकको निष्कर्ष
देउवालाई विश्वासको मत दिने एमाले रहँदैन
माधव नेपालसँगको पार्टी एकताको अहिलेसम्मको प्रयास असफल, एकतामा नेपाल अनिच्छुक देखिएको स्थायी कमिटीको निष्कर्ष

काठमाडौं । एमाले स्थायी कमिटी बैठकले माधव नेपालसँगको पार्टी एकताको अहिलेसम्मको प्रयास असफल भएको निष्कर्ष निकालेको छ । बिहानसम्म विघटित कार्यदलमा रहेका दोस्रो पुस्ताका नेताहरुले गरेको प्रयाससमेत सफल हुन नसकेको निष्कर्ष निकाल्दै एमाले स्थायी कमिटी बैठकले एमालेभित्रका जसजसले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने छन्, उनीहरु पार्टीमा नरहने निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीले औपचारिक रुपमा देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ, जसले त्यो निर्णय नमानेर देउवाको पक्षमा मतदान गर्नेछन्, अब उनीहरू एमाले रहँदैनन्, बैठकको निष्कर्ष यही छ ।’ आजै संसदमा प्रधानमन्त्रीले विश्वासको मत दिने प्रक्रिया सकेपछि अनौपचारिक रुपमा नेताहरूका बीचमा छलफल हुने र पार्टीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।
प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिने निर्णय लिएपछि एमालेका दोस्रो तहका ९ जना नेताहरू नेता नेपाल भेट्न नेपालको निवास कोटेश्वर पुगेका थिए । छलफलबिना उपलब्धी सकिएको र आजसम्मको जति प्रयास गर्दा पनि नेपाललाई पार्टी एकताको पक्षमा उभ्याउन नसकेको निष्कर्ष एमालेले निकालेको हो ।
‘हामी कार्यदलमा रहेका दुवै पक्षका ९ जना नेता आज बिहानै मात्र पनि माधव नेपाललाई भेट्न गएका थियौँ, अब जे निर्णय हुन्छ, १० बुँदे कार्यदलको प्रस्तावपछि पार्टी कमिटीमा बसेर त्यहीबाट संस्थागत निर्णय गरेर जाऔँ भन्ने प्रस्ताव गर्याैँ, उहाँले मान्नुभएन, म एक्लै भए पनि देउवालाई विश्वासको मत दिन्छु भन्न थाल्नुभयो,’ प्रवक्ता ज्ञवालीले भने, ‘त्यसपछि उहाँ अर्काे कोर्समा अगाडि जान खोज्नु भएको देखियो, उहाँकै तर्फबाट कार्यदलमा रहेका नेताले त्यस्तो कुरा नगर्न आग्रह गरिरहनु भएको थियो, तर उहाँले मान्नुभएन ।’
माधव नेपालसँगको छलफल करिब असफल भएको निष्कर्ष त्यसपछि आजै बसेको स्थायी कमिटी बैठकले निकालेको हो । अब यस समबन्धमा संसदमा देउवाले विश्वासको मत लिएपछि के गर्ने भन्ने अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने ज्ञवालीले बताए । उनले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डालगायतका विषयमा आजको स्थायी कमिटी बैठकमा छलफल भएको पनि बताए ।
‘आजको बैठकपछि माधव नेपाल बेग्लै कोर्समा हिड्न खोज्नु भएको देखियो । तर, उहाँकै तर्फबाट कार्यदलका सदस्यले त्यसमा पुर्नविचार गर्न भनिरहनु भएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टीको संस्थागत निर्णय हुनु पर्दथ्यो, त्यसमा उहाँ तयार हुनु भएन,’ ज्ञवालीले भने, ‘पार्टी निर्णयविरुद्ध गएर देउवाको पक्षमा मतदान गर्नेहरु अब एमालेमा रहदैनन् ।’

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
‘करेन्ट’ लागेर मजदुरको निधन
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
प्रतिक्रिया