माेदीले देउवालाई दिए बधाई, काेभिशिल्ड खाेप छिट्टै नेपाल आउने
मेरोन्यूज
२०७८ साउन ४ गते १८:२०

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया