जापान पठाइदिने भन्दै ४० लाख ठगी, चार पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ ।
काठमाडौँको नयाँ बजारमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ मनाङगेट अगाडि सडकमा प्रदेश–३–०१–००३ क ४९९४ नम्बरको क्रेनले प्रदेश–२–०१९ प ९९५९ नम्बरमा सवार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक टोखा नगरपालिका–४ बस्ने २० वर्षीय पुजन नगर्चीको आइतबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते नगर्चीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले दुर्घटनामा सङ्लग्न क्रेनका चालकलाई नियन्त्रणमा लिएको छ ।















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया