शनिबार, पुष १२, २०८२

घरेलु मदिरा पिउने ४ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

मेरोन्यूज २०७८ साउन ५ गते १२:१५

बागलुङ । घरेलु मदिरा पिएका कारण चार जनाको मृत्यु भएको छ । सोमबार साँझ घरेलु मदिरा पिएका उनीहरूको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटना थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका ५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरू आज बिहान साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

उनीहरू गलकोट नगरपालिका ७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्दै आएका थिए । मदिरा पिएपछि गम्भीर अवस्था भएपछि उनीहरूलाई धौलागिरि अस्पताल लगिएको थियो ।

गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्तीको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया