घरेलु मदिरा पिउने ४ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर
मेरोन्यूज
२०७८ साउन ५ गते १२:१५

बागलुङ । घरेलु मदिरा पिएका कारण चार जनाको मृत्यु भएको छ । सोमबार साँझ घरेलु मदिरा पिएका उनीहरूको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटना थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका ५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरू आज बिहान साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।
उनीहरू गलकोट नगरपालिका ७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्दै आएका थिए । मदिरा पिएपछि गम्भीर अवस्था भएपछि उनीहरूलाई धौलागिरि अस्पताल लगिएको थियो ।
गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्तीको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया