पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता
मेरोन्यूज
२०७८ साउन ५ गते १२:५९
काठमाडौँ । पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सरुमारानी गाउँपालिका ४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयबासीका अनुसार दुवै जना बाख्रा चराउन गएका थिए । सोही क्रममा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।
स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले जानकारी दिए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया