जोन्सन एन्ड जोन्सनको खोप, डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्र प्रभावकारी : अध्ययन

काठमाडौै । जोन्सन एन्ड जोन्सन कम्पनीको खोपले भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशत मात्रै प्रभावकारी हुने पाइएको छ । मंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।
कोरोनाभाइरसका प्रकारमध्ये सबैभन्दा संक्रामक डेल्टा भेरियन्ट मानिन्छ । नेपालमा पनि कोरोनाभाइरसको दोस्रो लहर आउँदा डेल्टा भेरियन्ट देखिएको थियो। डेल्टा भेरियन्टविरूद्ध जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता कम देखिए नेपालमा पनि यो खोप लगाएका मानिसहरूले अर्को खोप लगाउनु पर्ने हुन सक्ने देखिन्छ ।
उक्त अध्ययनले प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले मान्छेको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने रिपोर्टमा जनाइएको छ। तर अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले थप फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्न हुनसक्ने औंल्याएका छन्।
नेपालमा पनि अमेरिकी सरकारले अनुदानमा जोन्सन एन्ड जोन्सन खोपको १५ लाख डोज दिएको छ। उक्त खोप साउन ४ देखि ६ गतेसम्म ५० देखि ५४ वर्षका नेपालमा पनि लगाउन सुरू गरिएको छ।
यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो।
अहिलेको अध्ययन रिपोर्टको ‘पियर रिभ्यू’ नभएको र यो साइन्टिफिक जर्नलमा पनि प्रकाशन हुन बाँकी रहेको द न्युयोर्क टाइम्सले जनाएको छ। हालसम्म विश्वमा जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्।















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया