दूरसञ्चार प्राधिकरणले ३० करोड खर्चेर नेट सस्तो पार्दै

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट व्याण्डविथलाई सस्तो, सुलभ र भरपर्दो पार्ने भएको छ ।
३० करोड रुपैयाँ खर्च गरेर निर्माण हुने सबम्यारिन ल्याण्डिङ स्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणले नेपालमा बाहिरबाट आउने विश्वासिलो बनाउन चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा यसको अवधारणा ल्याएकाले अभियान अघि बढाउने जनाएको हो ।
सबम्यारिन ल्याण्डिङ स्टेशनमार्फत नेपालको आफ्नै कनेक्टिभिटी समुद्रसम्म हुने छ । हाल नेपालमा भारत र चीनको बाटो हुँदै विभिन्न नाकाबाट नेपालमा इन्टरनेट ब्याण्डविथ भित्रिने गरको छ । जसमा भारतीय कम्पनी एयरटेल र टाटासँग ठूलो मात्रामा इन्टरनेट खरिद गरिरहेको छ ।
त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इण्टरनेट ब्याण्डविथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इण्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्ड लिंकले कमैमात्र भए पनि इन्टरनेट खपत गरेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
नेपालले आयात गर्ने इन्टरनेटका लागि आवश्यक कनेक्टिभिटी प्रत्यक्ष समुद्रसम्म नपुगेका कारण महंगो मूल्य तिरेर छिमेकी देशबाट इन्टरनेट आयात गर्नुको वाध्यतालाई चिर्न यो आयोजना अघि बढाउन लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनले गत बर्षको बजेटमा परामर्शदाता मात्रै माग गरेपनि यसपटकको बैठकमा भने स्टेशन निर्माण गर्नेगरी काम अघि बढाइने दाबी गरे ।
उक्त योजनाका लागि परामर्शदाता छनोटमा ६ करोड र कार्यसम्पन्न भएपछि २४ करोड भुक्तानी गर्ने योजना रहेको छ । भूपेरिवेष्ठित मुलुकले आईटीयूको प्रावधानका आधारमा समुद्रसम्म अप्टिकल फाइबर केबल विछ्याउन सक्ने अधिकार प्रदान गरेको छ ।
जसअनुसार नेपालले समुद्रसम्म ब्याण्डविथ आयात गर्नेगरी आफ्नै अप्टिकल फाइबर विछ्याउन सरल र नजिकको दुरी भारत भएकाले त्यतैबाट ल्याउने योजना बनाएको छ । यसपछि नेपालले आयात गर्ने ब्याण्डवीथ भारतीय र चिनियाँ कम्पनीको नभई आफ्नै केवलमार्फत आउने जनाईएको छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया