चितवनमा युवाको शव भेटियो, गोली प्रहारको आशंका
मेरोन्यूज
२०७८ साउन ७ गते ११:२६
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १७ स्थित बनगाई डेरी चोक नजिकै एक युवाको शव भेटिएको छ । शंकास्पद अवस्थामा करिब ३० वर्षीय युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटो नजिकै घोलमा युवाको शव फेला परेको हो । मृतकको पहिचान भएको छैन ।
प्रहरीले युवाको टाउकोमा गोली लागेको जस्तो देखिएको बताएको छ । युवाको शव नजिकै एक थान गोलीको खोकासमेत भेटिएको डिएसपी थापाले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया