काठमाडौं महानगरमा सकियो जोन्सन एन्ड जोन्सनको खोप , ललितपुर र भक्तपुरमा लगाइँदै
एकै दिन लगाए ६० हजारले जोनसोन एन्ड जोन्सन लगाए खोप

काठमाडौं । अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र सकिएको छ । आज महानगरका खोप केन्द्रमा उक्त खोप लगाइने छैन ।
खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए।
साउन ४ गतेदेखि ५० देखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिक, विदेशी नागरिकलाई खोप दिइएको थियो । उनीहरुलाई लगाएर बचेको खोप बुधबार १८ वर्षमाथिका नागरिकलाई लगाइएको थियो । काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ।
सुरूमा यो खोप ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भनिएको थियो। उनीहरूलाई लगाएर केही खोप बचेपछि बुधबार काठमाडौंमा १८ वर्षमाथिका सबैलाई दिइएको थियो।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया