नोबेल अस्पतालले पायो मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने अनुमति
मेरोन्यूज
२०७८ साउन ७ गते १४:२९

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । प्रदेश नं १ मा पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण सेवाको तयारी थालेको हो । नोवेलले स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयबाट मिर्गौला प्रत्यारोपणका लागि अनुमतिसमेत लिइसकेको छ ।
मिर्गौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोवेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ ।नोबेल अस्पतालका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए ।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया