साताको अन्तिम दिन नेप्सेमा सुधार

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलब ७५ अंकले बढेर ३ हजार ४ दशमलब ३१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ६३ प्रतिशतले धेरै हो ।
यो साता (हिजो) बुधबार ईदपर्वको सार्वजनिक बिदा हुँदा ४ दिन मात्र कारोबार भएको बजार परिसुचकमा कूल कूल २ सय २२ कम्पनीको १ लाख १४ हजार ७ सय ७२ कारोबारबाट ११ अर्ब ११ करोड ४१ लख २१ हजार ६ सय १६ रुपैयाँ बराबरका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से बढ्दा ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट देखिएका छन् । सकारात्मक सर्किट देखिनेमा नगाडी गु्रप पावर, सीइडीबी हाइड्रो डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्स र माउण्टेन हाइड्रो नेपाल कम्पनी रहेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।
लगानीकर्ताको आकर्षण म्यूचुअल फण्डमा आकर्षणको हरियो रंगले पाइला चालेको छ । कूल १ सय २० वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै ९ वटा कम्पनीको र मूल्य स्थिर छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया