डिआइजी बढुवाको सिफारिशमा परे सौरभ राणा

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी राणालाई बढुवा गर्न सिफारिस गरेको हो ।
जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार राणालाई बढुवाका लागि सिफारिस गरिएको हो । एसएसपी राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।
राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ‘ब्याचमेट’ हुन् । उनी २०४९ बैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
राणा तत्कालीन संघीय प्रहरी कार्यालय इटहरीमा रहँदा जबरजस्ती करणी काण्डमा मुछिएका थिए । पछि प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले उनी विरुद्धको मुद्दा अघि बढाएको थिएन ।
सुनसरी प्रहरीको हिरासतमा रहेका उनलाई सरकारी वकिल कार्यालय सुनसरीले उनलाई हाजिरी जमानीमा रिहा गरेको थियो । राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको भन्दै आदेश जारी गरेको थियो ।











भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया