लापरबाही गर्ने मुटुरोग विशेषज्ञ खत्रीमाथि कारबाही
एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नपाउने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीलाई काउन्सिलले कारबाही गरेको हो ।
नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणा गत २०७७ साल ९ मंसिरमा मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएको भोलिपल्ट उनको निधन भएको थियो ।
राणाको निधनपश्चात उनकी श्रीमती पुष्पा राणाले स्वास्थ्य जाँचमा लापरबाही गरेको भन्दै ४ चैत २०७७ मा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा छानबिन गर्दा डा. खत्रीले स्वास्थ्य जाँच र उपचारका क्रममा गलत गरेको प्रमाणित भएपछि करबाही गरिएको काउन्सिलले जनाएको छ ।
डा. खत्रीले क्याप्टेन राणाको मुटु परीक्षणका क्रममा टिएमटीलगायतका सबै परीक्षणको रिपोर्ट ठिक भएको बताएका थिए । तर, रिपोर्ट ठिक छ भने पनि क्याप्टेन राणा नियमित काममा जाने क्रममा हृदयाघात भएको थियो ।
डा. खत्रीलाई सूचना जारी भएको मितिले एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने, एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने काउन्सिलका रजिष्ट्रारद्वारा जारी गरेको पत्रमा भनिएको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार डा. खत्रीलाई कारबाही गरिएको मृतकको परिवारलाई पत्रमार्फत जानकारी दिइएको छ ।











३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया