सेनाका हुद्दामाथि सिपाहीले गोली हानेको पुष्टि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै मृत फेला परेका नेपाली सेनाका हुद्दाको हत्या गरेको अभियोगमा अर्का सिपाही पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकाललाई पक्राउ गरेको हो ।
धादिङ जिल्ला निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङको हत्यामा उनकै गणमा कार्यरत सिपाही ढकाल संलग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले मेरोन्युजलाई जानकारी दिए । ढकालले मृतक गुरुङको बैंक खाता कीर्ते गरेर ९ लाख रुपैयाँ निकालेको र सोही विषय लुकाउन हत्या गरेको डिएसपी थापाले जानकारी दिए । प्रहरीले उनको साथबाट एकथान एसएमजीसमेत बरामद गरेको छ ।
गोली लागेर मृत अवस्थामा गुरुङको शव बिहीबार फेला परेको थियो । नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसँगे बिदामा गएका ढकालका विषयमा समेत जानकारी पाएपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।
ढकालले शान्ति मिशनबाट भर्खरै फर्किएका गुरुङलाई जग्गा देखाउन भन्दै चितवन लगेको प्रहरीले जनाएको छ ।
















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया