सतर्कताको अनुरोध
मनिभक्त राई
२०७८ साउन ९ गते १४:१७

पानीको विरोध
आगोले कहिल्यै गर्न सक्दैन
तर
जब आगोले न्यानोपन दिन छोड्छ!
आगो भएरै आगो हुनुको धर्म भुल्छ!
अनि सीमा नाघेर डढेलो जान थाल्छ!
तब आगोको विरोध चाहिँ
पानीले अवश्य गर्छ।
यतिबेला हामी पानी हौँ
र
आगोहरु सीमा नाघेर बलिरहेछ-
राष्ट्रको माथिल्लो अंगहरुमा।
त्यसैले याद रहोस्!
पानीले दृढ इच्छा राखि पछि-
सिमसिमे पर्न जान्दैन!
कि त चट्याङसंग बर्सिन्छ।
कि त भेल भएर पोखिन्छ।
कि त आँधीसंग मिसिएर उड्छ।
लेखक राई इलामका हुन् ।
सम्बन्धित










एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया