प्रचण्डलाई भीम रावलको टक्कर, भन्छन्– “स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ”

काठमाडौं । एमाले उपाध्यक्ष भीम राववले उनलाई जोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले आफु स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएकाले प्रतिनिधि सभाबाट राजीनामा दिएको उल्लेख गरेका छन् । उनले गठवन्धन प्रतिनिधि सभाको पुनःस्थापनाका लागि भएको उल्लेख गरेका छन् ।
सो क्रममा शेरबहादुर देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मान्छेलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जीत हासिल गर्ने र माधव कुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको पनि उनले उल्लेख गरेका छन् ।
एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधी र गठवन्धन संस्कृति हो भन्दै गठवन्धनप्रति प्रश्न समे त उठाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा रावलको राजिनामा पाँच दलको गठवन्धन फुटाउने खेल भएको टिप्पणी गरेका थिए ।
रावलको अभिव्यक्ति जस्ताको तस्तै

















छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया