वडाध्यक्षको निधनको शोकमा हुप्सेकोट गाउँपालिका वन्द

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।
गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताएकी छन् ।
वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय), संघसंस्था तथा गाउँपालिकाभित्रको सबै सार्वजनिक निकायमा शोक बिदा दिंदै नियमित सेवा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछौं ।”
मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताइन् ।
विकको निधनले आफूहरु निकै मर्माहत र स्तब्ध भएको पाण्डेको भनाई छ ।
















EU signs ban on Russian gas into law
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम
‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया