काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दरलाई नियन्त्रण गर्न जारी निषेधाज्ञा थप्ने वा नथप्ने भन्नबारे निर्णय गर्न काठमाडौँ उपत्यकका ३ प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू बैठक बस्ने भएको छ । कोरोनाको बढ्दो दललाई मध्यनजर गर्दै निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सिडिओहरू आज अपराह्न ४ बजे बैठक बस्न लागेका हुन् ।
उपत्यकामा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी भएको काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीले मेरोन्युजलाई जानकारी दिए । ‘साबिकका केही निर्णयहरू परिवर्तन गरेर निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छौँ,’ उनले भने, ‘निषेधाज्ञा थप्ने भन्ने नै छैन, ४ बजे बैठक बस्ने तयारी छ ।’
जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन ।
शैक्षिक संस्थाहरू अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन । साउन १ गतेबाट थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ ।
















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया