तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

काठमाडौँ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले तेस्रो भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताए । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढा क्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताएका हुन् ।
‘नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ,’ मन्त्री बुढाक्षेत्रीले भने ।
‘नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौँ,’ उनले भने । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग समेत सहकार्य गरेको बताउँदै उनले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाए ।
कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको मन्त्री बुढा क्षेत्रीले औषधि र जनशक्तिको अभावमा नागरिकले सेवाबाट वञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए ।
















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया