धादिङको बेनिघाटमा एक पुरुष मृत फेला
मेरोन्यूज
२०७८ साउन ११ गते १४:२३

धादिङ । जिल्लाको बेनिघाट रोराङ २ स्थित खानीखोलामा अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको छ । सोमबार प्रहरीले खैरो रंगको सट र कालो रंगको पाइन्ट लगाएको अवस्थामा शव फेला पारेको हो ।
उनको अनुहार पहिचान हुन नसक्ने गरी विक्षिप्त अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले मेरोन्युजलाई बताए । उनले भने, ‘शवको पहिचान हुन नसक्ने गरी विक्षिप्त भएको छ ।’
के कारणले मृत्यु भयो भन्ने नखुलेको डिएसपी खड्काले बताए । उनले भने, ‘अब पोस्टमार्टमको तयारी हुँदै छ, पोष्टमार्टमपछि मात्रै हत्याको कारण खुल्नेछ, पोष्टमार्टमको लागि गजुरी अस्पताल ल्याएका छौँ ।’
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
सम्बन्धित
















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया