विदेश जानेले यी दुई अस्पतालमा कोरोना खोप लगाउन सक्ने
मेरोन्यूज
२०७८ साउन ११ गते १५:००

काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा अब विदेश जानेहरूले खोप लगाउन सक्ने जनाएको छ।
मन्त्रालयका अनुसार तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो। अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन्।
यसअघि सञ्चालन भइरहेको खोप केन्द्रमा खोप लगाउने कार्य सकिएकाले विदेश जानेहरूका लागि खोप उपलब्ध गराउन अस्पताल तोकिएको छ । खोप लगाउँदा विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने भएकाले पनि अहिले सबै कामदारहरूले खोप लगाएका छन्।
सम्बन्धित
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया