बुधबार, चैत २५, २०८२

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने

मेरोन्यूज २०७८ साउन ११ गते १५:५५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै मन्त्रालयकी सहसचिव गंगा लोहनीले असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिए ।
बैठकमा मन्त्रालयका लोहनीका अनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ । उनले भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने बताए ।

प्रतिक्रिया