मेसिनगन बोकेर लुट्न खोज्ने पक्राउ

काठमाडौं । मोरङको एक सुन पसलमा मेसिनगन देखाएर लुट्न खोज्नेलाई प्रहरीले पक्राऊ गरेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मेसिनगन देखाएर लुटपाट प्रयास गर्ने ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचाका सन्तोष राईसहित ५ जना छन् । अहिले अनुसन्धानको क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाको नामसँगै सबै परिचय गोप्य राखेको छ ।
‘घटनामा संलग्न भएकालाई प्रक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्द्धन जिसीले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेका छौं । प्राविधिकसहितको सबै पक्षदेखि अनुसन्धान गर्दै आएका छौं ।’
मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारी गरेको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो ।
पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी मेसिनगन एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ ।
लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो । प्रहरीको विशेष टोली घटना भएको १२ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो ।
लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद थियो र पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया