शुक्रबार, पुष ४, २०८२

काठमाडौं महानगरमा ५० वर्ष माथिका व्यक्तिलाई आज भेरोसेल खोप लगाइदै

मेरोन्यूज २०७८ साउन १४ गते ८:०३

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि–१९) विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि ५ बजेसम्म खोप लगाइने छ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिएर जानुपर्ने महानगरको सूचनामा उल्लेख छ ।

यी प्रमाणपत्रहरु नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ ।

हेर्नुस महानगरको सूचना

प्रतिक्रिया