बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख १४ गतेको फैसलापछि नौ दिन कैद र बिगो बमोजिम रु नौ लाख जरिवाना ठहर गरेपछि फरार रहेका खड्कालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका खड्काले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले खड्कालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५९१० बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया