सुर्खेतमा ८ दिन थपियो निषेधाज्ञा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरसको संक्रमण दर पुनः बढ्न थालेपछि यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
संक्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज राति १२ बजेदेखि लागू हुने निषेधाज्ञालाई निरन्तरता दिएका हुन् । पछिल्लोपटक यही साउन २२ गते राति १२ बजेसम्म (आठ दिन) का लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्यहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई निर्वाध सञ्चालन गर्न सकिने छ । तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म, खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरिएको छ ।
सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने उल्लेख गरिएको छ ।
जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्पे्ररित गर्नु पर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पुजारीले नित्यकर्मबाहेक सामूहिक पूजापाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ ।
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया