हामी नयाँ पार्टी गठन गर्ने तयारीमा छौँ : नेत्री झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाल्कोटको बार्दलीमा पुग्नु उनकै कारण भएको बताएकी छन् । आज काठमाडौँस्थित कार्की ब्यांक्वेटमा भएको अखिल फोर्स गठनको बृहत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्री अब १० बुँदे सहमतिले एमाले एकता हुन नसक्ने बताएकी छन् । उनले आफूहरूलाई असफल बनाउनका लागि केही नेताहरूले पार्टी एकीकरण गर्ने बताउँदै सुरुमा एकै ठाउँमा बसेर माग गरेको एजेण्डाबाट पछि हटेको आरोप लगाएकी छन् ।
उनले नयाँ पार्टी बन्ने उद्घोष गर्दै आगामी दिनमा सबै जना संगठित हुनु पर्ने बताएकी छन् । उनले भनिन्, ‘हामी नयाँ पार्टी गठन गर्ने तयारीमा छौँ, पार्टीको नाम के हुन्छ भन्ने होइन्, हामी कस्तो धरातलमा उभिएका छौँ भन्ने प्रमुख कुरा हो ।’
पार्टी एकता भए देशको राजनीति अवस्थालाई यहाँसम्म ल्याउने पात्रहरू पार्टीबाट बाहिर हुनु पर्ने नेत्री झाँक्रीले बताइन् ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया