होटलमा खोप भेटिएको घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको हो । बैठकले घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई ७ दिनको समय दिएको छ ।
समितिका सदस्यमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाई्र र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् । बैठकले छानबिन नटुंगिएसम्म स्रोत व्यक्ति खड्कालाई खोपसम्बन्धी कुनै गतिविधि नगर्न आग्रह गर्ने, स्वास्थ्य कार्यालयलाई कोभिड–१९ विरुद्धको खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिने र पेट्रोल पम्पहरुमा काम गर्ने ३ सय कामदारलाई चारआली डिपोमा गई कोभिड–१९ विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाउने जिम्मेवारी समितिलाई दिएको छ ।
घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना स्रोत व्यक्तिसहित घटनामा संलग्न आरोपीलाई निलम्बन गर्नसमेत विज्ञप्तिमार्फत माग गरिएको छ ।
शुक्रबार २२० डोज कोरोनाविरुद्धको खोपसहित एक जना विर्तामोडको एक होटलबाट पक्राउ परेका थिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया