गैर सांसदलाई मन्त्री बनाउन डा.भट्टराईको दवाव

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने निश्चित भएसँगै सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समुहले मन्त्रीमा आफ्नो भाग खोजेको छ ।
नयाँ शक्ति पार्टीबाट संघिय समाजवादी पार्टीहुँदै जसपामा आईपुगेका डा.भट्टराई समुहबाट उनिमात्रै एक्लै सांसद रहेका छन् । पूर्व प्रधानमन्त्री डा.भट्टराई आफै सरकारमा मन्त्रीको रुपमा सहभागी हुन नमिल्नेभएपछि आफ्नो समुहबाट गैर सांसदलाई मन्त्री बनाउन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दवाव दिईरहेका छन् ।
उनले आफ्नो समुहबाट दुई जना मन्त्री दावी गरिरहेका छन् । उनि सके दुई जना नसके एक जनाभएपनि मन्त्री बनाउने प्रयासमा छन् । यादव निकट स्रोतका अनुसार डा.भट्टराईले आफ्नो पत्नी एवम् जसपा नेतृ हिसिला यमीलाई मन्त्री बनाउन दवाव दिईरहेका छन् । उनले यमीलाई मन्त्री नबनाए नेता गंगा श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने आफ्नो बटमलाईन भएको बताएका छन् ।
उनले आफ्नो समुहको अस्तित्व रक्षाका लागि भएपनी मन्त्री बनाउनै पर्ने यादवसँग बताएका छन् । उनले यादवले गडबडी गर्नसक्ने भयले प्रधानमन्त्री शेरबहादुर देउवादेखी नेकपा( माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसम्मलाई त्यसका लागि वातावरण बनाईदिन आग्रह गरेको स्रोतले बतायो ।
उनले यो गठबन्धन बनाउन आफ्नो प्रमुख भूमिका रहेको भन्दै आफ्नो समुहका कुनै सांसद नरहेको परिस्थितीमा गैर सांसदलाई मन्त्री बनाउनु आफ्नो बाध्यता रहेको भन्दै सो बुझिदिन आग्रह गरेका छन् । जसपाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव आज निर्विरोध चयन भएका छन् ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया