कोभिड-१९ तेस्रो लहरको तयारी गर्न सरकार रणनीति बनाउदै

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को तेस्रो लहरलाई नियन्त्रण गर्न छलफल सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयमा कोभिड सम्बन्धि बैठक राखेर तेस्रो लहरका लागि पूर्ण तयारी गर्न निर्देशन दिएका छन्
। गृह मन्त्रालयमा गृहमन्त्री खाणको अध्यक्षतामा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, ,गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगाएतको उपस्थित रहेको थियो । बैठकमा गृहमन्त्री खाणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको भन्दै त्यसका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
कोरोना नियन्त्रण गर्न सरकारको दायित्व भएकाले राज्यका सबै संयन्त्रहरु सक्रिय हुनु पर्ने उनले बताए । उनले होल्डिङ सेन्टर निर्माण सन्तोषजनक नभएकाले यसलाई तीब्रता दिनु पर्ने बताए । गृहमन्त्री खाणले बोर्डरमा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्यराज्यमन्त्रीलाई आग्रह गरे ।
बैठकमा स्वास्थ्य राज्यमन्त्री क्षेष्ठले एक साताभित्र ३२ लाख डोज खोप आउन लागेको जानकारी गराए । यस्तै उनले ४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रवन्ध मिलाएको पनि बताए ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया