कोभिड-१९ तेस्रो लहरको तयारी गर्न सरकार रणनीति बनाउदै

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को तेस्रो लहरलाई नियन्त्रण गर्न छलफल सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयमा कोभिड सम्बन्धि बैठक राखेर तेस्रो लहरका लागि पूर्ण तयारी गर्न निर्देशन दिएका छन्
। गृह मन्त्रालयमा गृहमन्त्री खाणको अध्यक्षतामा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, ,गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगाएतको उपस्थित रहेको थियो । बैठकमा गृहमन्त्री खाणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको भन्दै त्यसका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
कोरोना नियन्त्रण गर्न सरकारको दायित्व भएकाले राज्यका सबै संयन्त्रहरु सक्रिय हुनु पर्ने उनले बताए । उनले होल्डिङ सेन्टर निर्माण सन्तोषजनक नभएकाले यसलाई तीब्रता दिनु पर्ने बताए । गृहमन्त्री खाणले बोर्डरमा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्यराज्यमन्त्रीलाई आग्रह गरे ।
बैठकमा स्वास्थ्य राज्यमन्त्री क्षेष्ठले एक साताभित्र ३२ लाख डोज खोप आउन लागेको जानकारी गराए । यस्तै उनले ४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रवन्ध मिलाएको पनि बताए ।















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया