प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिने

काठमाडौं । सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरेर काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उक्त बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी दिएको छ ।
महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्यरुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न उक्त बैंक स्थापना गर्न लागिएको जानकारी दिए।
उनले भने,“कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरुको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो, आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं। ”
स्तनपान संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ।









नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया