तुइन हटाउन र हेलम्बु बाढी पीडितलाई आवश्यक प्रबन्ध मिलाउन सरकारको निर्देशन

काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद व्यवस्थापन बैठक बसेको छ । बैठकले सिन्धुपाल्चोकका विभिन्न स्थानमा आएको बाढीले जोखिममा परेका सर्वसाधरणलाई तत्काल आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।
यस्तै, बैठकले विपदमा परेको सर्वसाधरणका लागि आवश्यक औषधि तथा सामग्री ढुवानी गर्न पुल नभएको ठाउँमा सडक सुविधा सहज बनाउन तीनै तहका सरकारी निकायसँग समन्वय गर्न गृह मन्त्रीले निर्देशन दिएका छन् । उनले नागरिकको जीवन रक्षा, उद्धार र राहतका लागि गृहमन्त्रालय प्रतिबद्ध भएको जनाएका छन् ।
यसैगरी, तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका छन् । गत शुक्रबार भारतीय एसएसबीले तुइन हटाइदिँदा तुइनबाट महाकाली नदी पार गरिरहेका नेपाली युवा वेपत्ता भएका थिए ।
बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्र मणि पोखरेललगायतको उपस्थिति रहेका थिए ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया