लुम्बिनीमा फेरि मुख्यमन्त्री पोखरेल विरुद्ध उभिए चार दल (पत्रसहित)
प्रदेश सभामा बहुमत आफुहरुसँग रहेको भन्दै बहुमतको सरकार गठन माग, मुख्यमन्त्रीसँग बहुमत नरहेको जिकिर

वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसाग प्रदेश सभामा बहुमत नरहेको भन्दै बहुमतको सरकार निर्माणको बाटो खोल्न प्रदेश प्रमुखलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले माग गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनलाई ४१ सांसदको हस्ताक्षर वुझाउँदै विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले संयुक्त रुपमा प्रदेश प्रमुख शेरचनलाई भेटी मुख्यमन्त्री पोखरेलले अल्पमतको सरकार चलाईरहेको जिकिर गरेका हुन् ।
संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।
निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।
सत्तारुढ नेकपा एमालेसँग ३८ सांसदमात्र रहेका छन् ।
एमाले-माओवादी विभाजित भएपछि माओवादीले मु्ख्यमन्त्री पोखरेलको साथ छोडेका थिए । विश्वासको मत फिर्ता लिएपछि उनी विरुद्ध विपक्षी चार दलले नै बहमत आफुहरुसाग रहेको जिकिर सहित पत्र वुझाएपनि त्यसवेलाका प्रदेश प्रमुखले त्यसको सुनुवाई गरेका थिएनन । अहिले प्रदेश प्रमुख फेरिएपछि चार दल फेरि बहुमत सांसदको हस्ताक्षर सहित बुहमतको सरकार गटनको माग सहित निवेदन वुझाउन पुगेका हुन् ।
पत्र बुझदै प्रदेश प्रमुख शेरचनले आफुले सम्वैधानिक र राजनीतिक कानुनु हेरेर छिट्टै निर्णय लिने जानकारी गराएका छन् ।
हेर्नुहोस पत्र



















जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया