एक वर्षमा ९ लाख करदाता बृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा करिब ४५ लाख करदाता रहेका छन् । गत वर्ष करदाताको संख्या ४४ लाख ४६ हजार ९ सय २६ पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
२०७८ असार मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत गरी सो संख्या रहेको हो । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा करदाता संख्या ३६ लाख २४ हजार ९ सय २१ रहेको थियो ।
गत आर्थिक वर्ष व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएका करदाता २४ लाख ७४ हजार ७ सय ६८ पुगेका छन्, जुन अघिल्लो आवको भन्दा ५ लाख १८ हजारभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षमा १९ लाख ५६ हजार १ सय ९३ जनाले व्यक्तिगत प्यान लिएको विभागको तथ्यांक छ ।
यसैगरी सोही अवधिमा आयकर बुझाउने करदाता १५ लाख ७९ हजार ६ सय ४९, मूल्य अभिवृद्धि करतर्फ २ लाख ६९ हजार २ सय ९३, अन्तःशुल्कतर्फ १ लाख ४ हजार ५० र स्रोतमा कर कट्टीतर्फको करदाता ९ हजार ९ सय ९८ पुगेका छन् ।
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया