फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउने दुई महिला थुनामा
मेरोन्यूज
२०७८ साउन १८ गते १५:४९
काठमाडौँ । फ्ल्याट भाडामा लिएर यौन धन्दा सञ्चालन गराउँदै आएकी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ घर भएकी प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका ५ घर भएकी ज्योती पोमु रहेकी छन् ।
अदालतको आदेशअनुसार उनीहरूलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको हो ।
उनीहरूले केही केटीहरूलाई वेश्यावृत्तिमा लगाएका थिए । त्यसैमध्येकी एक किशोरी भागेर ‘नेप्लिज होम’ नामक संस्थाको सम्पर्कमा पुगेकी थिइन् । सोही माध्यमबाट मानव बेचविखन अनुसन्धान ब्युरोले गत असार २१ मा प्रितीलाई र असार ३० मा ज्योतीलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया