ठूलो मात्रामा लागु औषधसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ साउन १८ गते १६:२०

काठमाडौँ । सिरहा जिल्लाको लहान नगरपालिकाबाट ठूलो मात्राको अवैध लागु औषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त टोलीले आइतबार सिरहाको नवराजपुर गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंहलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा को २६ प १८९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका सिंहको साथबाट प्रहरीले नाइट्राभेट १० लेखिएको ४ हजार ७ सय ४० वटा ट्याबेलेट, डाइजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम नभएको १ सय ९४ एम्पुल र डाइलेक्स डि.सी १ सय मिली लेखिएको ७ बोलत लागु औषध बरामद गरिएको छ ।
पक्राउ परेका सिंहलाई कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया