विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा माग
मेरोन्यूज
२०७८ साउन १९ गते १६:२८

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै राजीनामा दिन आग्रह गरेको हो ।
गत माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि उनी कायममुकायम कार्यकारी निर्देशकमा रहेर काम गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका वरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको तत्कालीन उर्जामन्त्री वर्षमान पुनसँग असन्तुष्टि भएका थिए । त्यसपछि ओलीले शाक्यलाई प्राधिकरणको कायममुकायम बनाउँदै निर्देशक बनाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया