शान्ति मिसन जाने प्रहरीको प्रश्नपत्र ‘लिक’ हुँदा २ प्रहरी नियन्त्रणमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंकामा २ जना प्रहरी नियन्त्रणमा परेका छन् । प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमलाई नियन्त्रणमा लिइएको हो ।
संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंकामा प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएको थियो ।
युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरी भएको हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजी लामाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।
शनिबार भएको प्रि स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंकामा गरिएको थियो । त्यही आधारमा परीक्षा एक घण्टा ढिलो गरी सुरु भएको थियो । प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि स्याट परीक्षा भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।
यसअघि सन् २०१८ मा भएको प्रि स्याट परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।
















मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया