कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार दिउँसो शीर्ष नेताहरुको बैठक बस्ने भएको हो । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भएका छन् ।
रमेश लेखकको संयोजकमा गठन भएको क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्न नसकेको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले तीन जना शीर्ष नेतालाई जिम्मा दिएको थियो । यसका लागि पाँच दिनको समय दिइएको थियो ।
हिजो मंगलबार पाँच दिन पूरा भएसँगै आज बैठक बस्न लागिएको हो । तर, विवाद समाधान हुन सकेको छैन । क्रियाशील सदस्यता छानविन समितिले गत १२ १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायत केही जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन सकेको थिएन ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया