सम्पर्कविहीन बनेकी विमला पार्टी कार्यालयमा उपस्थित, पत्रकार सम्मेलनको तयारी

काठमाडौँ । पार्टीसँग एक हप्तादेखि सम्पर्कविहीन बनेकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । उनी बुधबार बिहान प्रदेशसभा सचिवालयको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी थिइन ।
विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमा राखिएको नेताहरूसँग बताएकी थिइन । उनले आज दिउँसो पत्रकार सम्मेलन गरी आफ्ना कुरा सार्वजनिक गर्ने बताएकी छन् ।
दुई दिनअघि विमलाको हस्ताक्षरमा आफू एमालेमा नै रहेको विज्ञप्ति सार्वजनिक भएको थियो । विज्ञप्ति सार्वजनिक भएसँगै माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाई जबरजस्ती हस्ताक्षर कीर्ते गरेको बताउँदै आएको थियो । माओवादीले उनको स्थिति सार्वजनिक गरी जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानविन गठन गर्न सरकारसँग माग गरेको थियो ।
दुर्घटनामा आफ्ना पति उत्तरकुमार वलीको निधन भएपछि दाङ ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी हुन् । फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा खारेज भएपछि उनले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत शनिबारदेखि उनी पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।
विमला माओवादी केन्द्रको सम्पर्कमा आएसँगै विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पूरा भएको छ । प्रदेश सभामा हाल ८० सदस्यीय सदस्यमध्ये विपक्षमा सभामुखसहित ४२ मत छ ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया