१२७ किलो गाँजासहित तीन पक्राउ
मेरोन्यूज
२०७८ साउन २० गते २०:०४

मकवानपुर । मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सडकखण्डमा वीआरइ २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया