प्रहरीको जागिर खान घुस लिने र दिने पक्राउ
काठमाडौँ । प्रहरीमा जागिर खान भन्दै घुस लिने र दिने दुवै पक्षलाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी तालिम केन्द्रले घुस लिने र दिने ६ जनालाई पक्राउ गरेको हो ।
विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्रमा जवानको अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिने र दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर पौवादुङमा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, सोही ठाउँका २२ वर्षीय संगम राई र १९ वर्षीय सागर राई छन् ।
यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटा सहिद भूमि गाउँपालिका ३ का २१ वर्षीया खापाङ राई रहेका छन् ।
पक्राउ परेका सूर्य, खापाङ र राजकुमारले प्रहरी जवानान भर्ना हुन चाहेका संगम, सागर र सरोजबाट घुस लिएका थिए । उनीहरूले नक्कली परीक्षार्थी बनेर कीर्ते गरेका थिए ।
पक्राउ परेकाहरूलाई तालिम केन्द्र रानीले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी मोरङको जिम्मा लगाएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया